वैखरी अनलाइन, महाराजगंज
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँले बिकसित महाराजगञ्ज नगरपालिका बनाउँन आफु निरन्तर लागी रहेको बताउनु भएको छ । नगरपालिकाको १३ औँ नगरसभालाई सम्बोधन गर्दै उहाँले बिकसित नगरपालिका बनाउन आफु लागी रहेको बताउनु भएको हो ।
आफुले नगर हुन चुनावमा जादा जनताबिच गरेका बाचा आफुले नभुलेको बताउँदै बोलेका कुरा यो कार्यकालमा पुरा गर्ने नगर प्रमुख खाले बताउनु भयो । साथै सो अवसरमा आफुलाई बिकसित नगरपालिका बनाउन मन्त्री सरेन्द्रराज आर्चायको महत्वपुर्ण साथ समेत रहेको जिकिर गर्नु भयो ।
आफु पहिलो पटक नगर प्रमुख भएर नगरपालिकाको नेतृत्व गर्दा र अहिलेको अवस्थामा नगरमा धेरै बिकासमा गतिविधि भएको जानकारी गराउदैँ प्रमुख खाले बाकी केही योजना रहेको र ति सबै योजना आफनो यो कार्यकालमा पुरा गर्ने उहाँको भनाई छ ।
आफु निर्वाचित हुदा नगरका ९० प्रतिशत सडक र भित्रि गाउका बाटोमा हिलो हुने गरेको सम्झदै प्रमुखले अहिले त्यस्तो नभएको सो अवसरमा जिकिर गरे । नगरपालिकाले सम्रग शिक्षा, स्वास्थ्य, पर्यटन, तथा पुर्वाधार बिकासमा राम्रो काम गरेको उहाले बताउनु भयो ।