गृहपृष्ठ Featured मायादेवी मन्दिरको जीर्णोद्धार सुरु

मायादेवी मन्दिरको जीर्णोद्धार सुरु

लुम्बिनी ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको मर्मतसम्भार गरी जीर्णोद्धार थालिएको छ । मन्दिर परिसरमा बौद्ध परम्पराअनुसार मंगल पाठ गरेर बिहीबारदेखि जीर्णोद्धार सुरु गरिएको हो ।

थाइल्यान्डको थाई फुङ थाई फाउन्डेसनको सहयोगमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले काम थालेको हो । पुरातात्त्विक मूल्यमान्यताका आधारमा मर्मत सम्भार गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

विश्व सम्पदास्थलमा सूचीकृत मायादेवी मन्दिर जीर्ण बनेर पानी चुहिँदै आएपछि समस्या भइरहेको थियो । यसले पुरातात्त्विक वस्तु क्षयीकरणको चिन्ता बढाएको थियो ।

पुरानो मन्दिर रहेको ठाउमा सन् १९९२ देखि १९९६ सम्म उत्खनन गरी युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले सन् २००२ मा जिर्णोद्धार गरेर नयाँ मन्दिर बनाइएको थियो ।

एकदेखि डेढ वर्षमा जीर्णोद्धारको काम सम्पन्न गरिने बताइएको छ । उक्त लुम्बिनी नेपालमा सबैभन्दा धेरै स्वदेशी विदेशी पर्यटक आउने गन्तव्य हो ।

सम्बन्धित् समाचार