गृहपृष्ठ Featured बार्षिक उत्सवमा कृषकलाई कृषि सामग्री वितरण

बार्षिक उत्सवमा कृषकलाई कृषि सामग्री वितरण

वैखरी अनलाईन, रुपन्देही ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । संस्थाले आफ्नो ११औं बार्षिक उत्सवको अवसरमा विहिबार १० जना कृषकलाई कृषि सामग्री वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकाका कृषकलाई कृषि सामग्रीहरु स्प्रे टंकी र हजारी वितरण गरिएको संस्थाका अनुगमन अधिकृत कमल राज पाण्डेले जानकारी दिए । उनले आगामी दिनमा पनि संस्थाले यस्ता सामाजिक कार्य गर्दै जाने प्रतिवद्धता जनाए ।

कृषि सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिका ४ का वडाध्यक्ष श्रीराम यादवले वडालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित आफुहरुले काम गरिरहेको बताए । उनले कृषि सामग्रीको प्रयोगले किसानहरुलाई सहजता ल्याउने र उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कृषि प्राविधिक बसन्त सुवेदीले कृषकहरुलाई कृषि गर्ने विधिबारे जानकारी दिदैं कृषकबाट आएका समस्यालाई समाधान गर्ने उपाय बताएका थिए ।

कृषि सामग्री प्राप्त गरेपछि कृषकहरुले खुशी व्यक्त गर्दै कृषिकर्म गर्न थप सहजता हुने बताए ।

संस्थाका अनुगमन अधिकृत प्रमुख कमलराज पाण्डेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रम संस्थाका छपिया शाखा प्रमुख सुरज सुनारले संचालन गरेका थिए ।

सम्बन्धित् समाचार