वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक सिद्धिपुर फेरी नेपाल प्रथम भएको छ ।
बिद्यालयका बिद्यार्थी सक्षम सुवेदीले बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याएका हुन ।
होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सुवेदीले ग्रेड प्वाइन्टमा ४ जिपिए ल्याउन सफल भएका हुन ।
सुवेदी कपिलवस्तु जिल्लामा ४ जिपिए ल्याउन एक मात्र बिद्यार्थी हुन भने उनी नेपाल प्रथम भएको बिद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए विद्यालयले दोस्रो पटक ल्याएको बताउँदै आफ्नो विद्यालय यो पटक पनि नेपाल प्रथम भएको बताए ।
घिमिरेले ४ जिपिए अंक ल्याएका सुवेदीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन्।
एसईई दिए पछि सुबेदीले काठमाण्डौका बिभिन्न कलेल तथा बिद्यालयमा इन्ट्रान्स परीक्षा दिएका थिए । सबैमा नाम निकाले पनि उनी अहिले काठमाण्डौको बुढानिलकन्ठ स्कुलमा कक्षा ११ मा बिज्ञान बिषयमा भर्ना भएको प्राचार्य घिमिरेले बताए ।
होराइजन कपिलवस्तु जिल्लामै पहिलो (क) वर्गको विद्यालय हुनुका साथै राष्ट्रिय स्तरमा विभिन्न विधामा सम्मान पनि प्राप्त गरिसकेको र शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल रहेको प्राचार्य बासुदेव घिमिरेले बताए








