वैखरी अनलाईन, शितगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले संघ र प्रदेशले सिलिङ्ग अनुसार बजेट नदिदाँ धेरै योजना प्रभावित भएको बताएका छन् । आर्थिक बर्ष २०७९/८० मा बजेटकै अभावमा एक सय बढी योजना प्रभावित भएको उनको भनाई छ । नगरप्रमुख पौडेलले वैखरीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार सिलिङ्ग अनुसार वित्तिय सामान्यीकरणमा १ करोड ८८ लाख, संघीय राजस्व बाडफाँडमा ३ करोड ९४ लाख र प्रदेश राजस्व बाडफाँडमा ५१ लाख गरि ६ करोड ३३ लाख रुपैयाँले कमी आएको छ ।
यसरी संघ र प्रदेशका तर्फबाट सिलिङ्ग अनुसार बजेट प्राप्त नहुँदा सम्पन्न कामको रकम समेत भुक्तानी दिन समस्या भएको उनले बताए । उनले शितगंगाको विकास र समृद्धिमा यस्तो हुनुले दीर्घकालसम्म नै असर पर्ने बताए ।







