गृहपृष्ठ Featured ‘संघ र प्रदेश सरकारका कारण सम्पन्न भएका कामको भुक्तानी दिन सकेनौं’

‘संघ र प्रदेश सरकारका कारण सम्पन्न भएका कामको भुक्तानी दिन सकेनौं’

शितगंगा ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले संघ र प्रदेशका कारण काम सम्पन्न भएका १२० बढी योजनाहरुको भुक्तानी दिन सक्ने अवस्था नरहेको बताएका छन् । संघ र प्रदेशले सिलिङ्ग अनुसार बजेट नदिदाँ यस्तो अवस्था सिर्जना भएको उनको भनाई छ । नगरपालिकाले गत असार २० गतेसम्ममा सम्पुर्ण योजनाहरुको फाइल पेस गर्न सुचना जारि गरेको थियो । सोहि अनुसार सम्पन्न भएका अधिकांश योजनाको फाइल नगरपालिकामा पुगेका छन, तर अहिले पनि १२० भन्दा बढी योजनाको भुत्तानी हुन सक्ने अवस्था छैन् ।

प्रमुख प्रशासकीय अधिकृत खनालले सरकारले बित्तिय समानीकरणतर्फ प्रक्षेपण गरेको रु १४ करोड ९७ लाखमा शितगंगा नगरपालिकामा १३ करोड ९ लाख मात्र बजेट आएको बताए । यस्तै उनका अनुसार संघिय राजस्व बाडँफाड तर्फ १५ करोड ८२ लाख आउनु पर्नेमा ११ करोड ८८ लाख, प्रदेश राजस्व बाँडफाडतर्फ २ करोड ५० लाख आउनु पर्नेमा १ करोड ९९ लाख मात्र आएको छ । आन्तिरक आयतर्फ नगरपालिका अनुमान अनुसारको ३ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ भने आन्तरिक राजस्वतर्फ प्रदेश र बन रोयल्टी ८० लाख अहिले सम्म नगरपालिकामा नपठाउदाँ आन्तरिक तर्फको बजेट समेत २ करोड २० लाख मात्र छ ।

नगरपालिकामा यस आर्थिक बर्ष बित्तिय समानीकरणतर्फ १ करोड ८८ लाख, संघिय राजस्व बाडँफाड तर्फ ३ करोड ९४ लाखले कमी आएको छ । प्रदेश राजस्व बाँडफाड तर्फ ५० लाख र आन्तरिक राजस्व प्राप्तितर्फ १ करोड ३० लाख गरि यो बर्ष संघ र प्रदेशबाट प्राप्त हुनु पर्ने ७ करोड ३३ लाख बजेट प्राप्त नहुँदा हरेक योजना तथा कार्यक्रमको भुत्तानीमा समस्या भएको हो । नगरका योजना धेरै भए पनि सम्झौता गर्न नगरपालिकाले वडामै सम्झौता गर्ने समेत गरेको थियो । यो बर्षको योजना कार्यन्वयनको चरण ९५ प्रतिशत हुने अपेक्षा छ । नगरपालिकामा यो बर्ष ७ करोड भन्दा बढी बजेट नआउदा यसको असर अर्को बर्षको बजेटमा समेत पर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । उनले यस समस्या समाधान गर्न आन्तरिक राजस्व बढाउनुपर्ने बताए ।

आगामी बर्ष नगरपालिकाले ३ करोड ५० लाख आन्तरिक राजस्वको लक्ष्य लिएको बताउँदै उनले यो बजेट समावेश गर्न आगामी बर्ष ९ करोड भन्दा बढी राजस्व आन्तरिक रुपमा उठाउनुपर्ने र जुन सम्भव नरहेको उनको भनाइ छ । सरकारबाट बजेट नआँउदा अहिले नगरपालिकाले जनप्रतिनिधी, कर्मचारी र बालबिकास सहजकर्ताको तलव ३ महिनादेखि दिन सकेको छैन् । यस्तै वडाको प्रशासनिक खर्च नगरले दिन सक्ने अवस्था छैन् । समपुरक बाहेकका ठुला योजना सम्पन्न भए पनि रकम भुक्तानी हुन नसक्दा ठेकदार तथा उपभोत्ता समिति मर्कामा परेका छन् । नगरपालिकाले नगरकै एक मात्र ज्योती भविश्वर बहुमुखी क्याम्पनको रकम दिन सकेको छैन् ।

अधुरा बिद्यालय भवन निमार्ण, अधुरा सहकारी भवन लगायतका योजना बिभिन्न उपभोक्ता समितिका योजनाहरु गरि १२० भन्दा बढी योजना अहिले सम्पन्न भए पनि भुत्तानी हुन सकेको छैन । ठुलो क्षेत्रफल र धेरै योजना हुँदा सबै साना ठुला योजना सम्पन्न हुनै कठिनाइ हुने शितगंगा नगरपालिकामा यो आर्थिक बर्षमा गत बर्षको तुलनामा करिव २०० बढि योजना कम गरिएको थियो ।

शितगंगा नगरपालिकाका योजना शाखा अधिकृत नुमलाल खनालले यो बर्षका करिव अधिकांश योजना अन्तिम चरणमा रहेको र भुक्तानीको लागि सिफारिस भई सकेको बताए ।

सम्बन्धित् समाचार