बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ सिद्धिपुरमा रहेको होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले २०७९ मा ४ जिपिए ल्याएका छात्र सक्षम सुवेदीलाईलाई १ लाख नगद सहित सम्मान गरेको छ । एसईईमा ४ जिपिए प्राप्त गर्न सफल सुवेदीलाई आईतबार एक कार्यक्रमका बीच नगद १ लाखसहित सम्मान गरिएको हो ।

होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एसईई विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।
विद्यालयले राखेको दीक्षान्त समारोहमा उनलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, प्रजिअ शंकरहरि आचार्य सहितको टोलीले एक लाखको चेक हस्तान्तरण गरेका थिए।
सो विद्यालयले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने घोषणा गरेका थियो। सो अवसरमा मेयर अर्यालले सक्षमले फोर जिपिए ल्याएर नगर र जिल्ला कै शिर उँचो राखेको बताए।
नगरमा अहिले एसइईमा विद्यालयहरूमा राम्रो नतिजा आएकाले यस अघि अन्य जिल्लाहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले बताए। आफूहरूले नगरको शिक्षाको स्थिति मजबुत गराउन गरेको प्रयासले शिक्षाको स्थितिमा सुधार आएको उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयबाट एसइईमा रामे अंक ल्याई पास गरेको अन्य विद्यार्थी अभिभाव, शिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य वासुदेव घिमिरेले एसइई २०७८ र २०७९ दुवै सालमा विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएर आफ्नो विद्यालयको नाम राखेको बताए। उनले आफ्नो विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए।
कार्यक्रममा ४ जिपिए ल्याएका सक्षमले आफ्नो यो सफलता आमा बुवा, शिक्षक विद्यालयले पाएको भन्दै यो सफलतामा सबैकालागि भएको बताए। उनले आफू भविष्यमा गणीतज्ञ बनेर देशमै केही गरेर देखाउन चाहेको सुनाए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रोटरी क्लबका नेपाल र भुटाका प्रमुख राजेन्द्र ध्वजुलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नगरपालिका शिक्षा शाखाका प्रमुख खिम बहादुर जिसि लगायतले शुभकामना मन्तव्य दिएका थिए।
आइतबार एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सहितको टोलीले बाजागाजा सहित नगर परिक्रमा समेत गरेका थिए।








