वैखरी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु जिल्लामा सर्प टोकेको समयमा थाहा नपाउँदा २ घण्टा अन्तरालमा ४ जनाको मृत्यु भएको छ । सहोदर २ दाजुभाईसहित ४ जनाले समयमै सर्पले टोकेको थाहा नपाउदा मृत्यु भएको हो ।
जिल्लाको बुद्धभुमी नगरपालिकामा २ जनाको सर्पको टोकाईबाट मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका- १ कपासि बस्ने एकै परिवारका दाजुभाईको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
गतराती घरमा हजुरआमासगं भइमा सुतेको अवस्थामा सर्पले टोकेको र बिहानपख दाजुभाइनै बेहोस अवस्थामा भएपछि दाजुभाईलाई बुद्धभुमी गोरुसिङ्गेमा रहेको बुद्ध पोलिक्लिनिक लगेको अवस्थामा त्यहाँबाट सर्पदंश उपचार केन्द्र लैजानु भन्दा परिवारले बुटवल लगेको र बुटवल लैजादा एक जनाको बाटोमै मृत्यु भएको र एक जनाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाजुभाई बुद्धभुमी स्थित गोरुसिङ्गेमा रहेको पारिजात इङलीश बोडिङ स्कुलमा अध्ययरत थिए । उनका हजुर आमाको भने गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रमा उपचार भई रहेको ब्यवस्थापक नविन भण्डारीले जानकारी दिए ।
यसैबिच जिल्लाको महाराजगंंज नगरपालिका ३ बर्ष ३१ की अनिता यादवले भुस निकाल्ने क्रममा गोबन सर्पले दिउसो १२ बजे टोकेको तर उपचारका लागी अबेर भएका कारण मृत्यु भएको छ ।
त्यस्तै बुद्धभुमी नगरपालिका- १० धनकौली बर्ष १४ की ममता चमारलाई दिउसो सर्पले टोकेतापनि उपचारका लागी राती ११ बजे सर्पदंश उपचारका लागी लिएर आउदा बाटोमा मृत्यु हो ।








