गृहपृष्ठ Featured कपिलवस्तुमा असारको अन्तिम सातासम्म ६४ प्रतिशत रोपाइँ

कपिलवस्तुमा असारको अन्तिम सातासम्म ६४ प्रतिशत रोपाइँ

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका १२ जिल्लामा ३१ लाख १० हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । तर, असार महिनाको अन्तिम सातासम्म १६ लाख ९७३  हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको  ५४.५२ प्रतिशत हो ।

लुम्बिनी प्रदेशको खेतीयोग्य जमिनमध्ये ५५.०७ प्रतिशतमा सिँचाई सुविधा रहेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार अहिले सिँचाई नभएको ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने तर पानी नपरेकाले पर्याप्त रोपाइँ हुन नसकेको हो ।

मन्त्रालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा रोपाइँ भएको छ भने सबैभन्दा कम दाङ जिल्लामा भएको छ । प्युठानमा ६५२५ हेक्टरमा रोपाइँ हुनुपर्ने ठाउँमा अहिले ६१९९ हेक्टरमा भएको छ, जुन ९५ प्रतिशत हो ।

दाङमा जम्मा २७ प्रतिशत रोपाइँ भएको छ । यहाँ धान रोपाइँ हुने ३७४३० हेक्टर भए पनि अहिलेसम्म १०१०६ हेक्टरमा भएको छ ।

रोल्पामा जिल्लामा ९१ प्रतिशत रोपाइँ भएको छ । रोल्पामामा ४६३८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा अहिलेसम्म ४२२१ हेक्टरमा भएको छ । यस्तै पूर्वी रुकुममा ८८ प्रतिशत रोपाइँ भएको छ ।

नवलपरासी जिल्लामा २०,५०० हेक्टर  मध्य अहिले १३३२५ हेक्टरमा रोपाइँ भएको छ, यो ६५ प्रतिशत हो ।

रुपन्देही जिल्लामा  ५७ प्रतिशत मात्र रोपाइँ भएकाे छ । कपिलवस्तुमा ७००७० हेक्टरमा धान रोपाइँ हुने ठाउँमा अहिले ४४८४५ हेक्टर भएको छ। यो कुल ६४ प्रतिशत हो ।

पाल्पामा ८२१०  हेक्टरमा रोपाइँ हुनुपर्नेमा अहिले ६३२२ हेक्टर क्षेत्रफल भएको छ, ७७ प्रतिशत हो ।

गुल्मीमा ४६७० हेक्टर हुनुपर्नेमा ३९०२ हेक्टर अर्थात् ४५ प्रतिशत रोपाइँ भएको छ । उता अर्घाखाँचीमा ८०५० हेक्टर रोपाइँ हुनुपर्ने मध्ये ४०२५ हेक्टरमा भएको छ, जुन ५० प्रतिशत हो ।

यस्तै बाँके जिल्लामा कुल ३३००० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिले १३२०० हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ४० प्रतिशत हो ।

बर्दियाको ४९०३३ हेक्टरमा रोपाइँ हुनुपर्नेमा २५९८७ हेक्टरमा भएको छ । यो जिल्लामा ५३ प्रतिशत रोपाइँ भएको छ ।

सम्बन्धित् समाचार