कपिलवस्तु ।
बाणगंगा नगरपालिकाको १३ औँ नगर सभाको तेस्रो बैठक असार ३० गतेका लागी तय भएको छ । यहि असार २७ गते बैठक बस्ने भनिए पनि कार्यविधि तथा बिद्येयक संशोधन गर्न आवश्यक देखिएपछि ३० गतेको लागि सारिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।
बाणगंगा नगरपालिकाले गत असार ९ गते निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
जिल्लामा अझै २ पालिकाले बजेट ल्याउन सकेका छैनन् । जिल्लाका शुद्धोधन र यशोधरा गाउँपालिकाले आन्तरिक कारण देखाउँदै बजेट ल्याउन सकेका छैनन् ।
जनप्रतिनिधिबीच बजेटको सिलिङबारे मतभेद हुँदा समयमा बजेट ल्याउन नसकेको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए ।








