गृहपृष्ठ Featured बहुविवाहको आरोपमा महोत्तरीमा एक वडाध्यक्ष पक्राउ

बहुविवाहको आरोपमा महोत्तरीमा एक वडाध्यक्ष पक्राउ

प्रकाशित मिति:

ढल्केवर ।

बहुविवाहको आरोपमा महोत्तरीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित् समाचार