गृहपृष्ठ Featured नवलपरासीमा मापदण्डविपरीत सञ्चालित औषधि पसलमा सिल

नवलपरासीमा मापदण्डविपरीत सञ्चालित औषधि पसलमा सिल

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितिले मापदण्डविपरीत सञ्चालित औषधि पसलमा सिल गरेको छ। जिल्लाको रामग्राम नगरपालिका– १८ बन्जरियामा मापदण्डविपरीत सञ्चालनमा रहेका औषधि पसलमा  अनुगमन समितिले सिल गरेको हो।

जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा फार्मेसी र क्लिनिकहरू मापदण्डविपरीत सञ्चालन भएको जनगुनासो आएपछि अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएपछि सिल गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए।

प्रवेश उपचार केन्द्रलाई औषधि विभाग, घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा दर्ता गरेर मात्र सञ्चालन गर्न र स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्य क्लिनिक नियमानुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको साना तथा घरेलु उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी दिए।

अनुगमनको क्रममा कागतपत्र नभेटिएको परासी बुद्धचोकमा रहेको सन मेडिको औषधि पसल सिल गरिए पनि पछि कागजपत्र पेस गरेपछि सिल खोलिएको छ।

त्यसैगरी सफल सवस्थ्य क्लिनिक एवं सफल फार्मेसीमा सम्पूर्ण कागजपत्र रहेको, तर स्वास्थ्य निर्देशनालयको प्रमाणपत्र नवीकरण म्याद नाघेकाले तुरुन्त नवीकरण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिइएको अनुगमन समिति संयोजक एवं रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले जानकारी दिइन्।

सम्बन्धित् समाचार