गृहपृष्ठ Featured कपिवस्तुमा एक बर्षमा सडक दुर्घटनाबाट ५५ जनाले ज्यान गुमाए

कपिवस्तुमा एक बर्षमा सडक दुर्घटनाबाट ५५ जनाले ज्यान गुमाए

प्रकाशित मिति:

कपिलवस्तु ।
कपिलबस्तु जिल्लामा चालु आर्थिक बर्ष २०७९÷८० मा बिभिन्न सवारी साधानको दुर्घटनाबाट ५५ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा बढ्दो सवारी साधन र साघुरो सडक अवस्थाका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या बढीरहेका बेला कपिलवस्तुमा पनि यो आर्थिक वर्षमा धेरैले सडक दुर्घटनाका कारण नै ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

कपिलवस्तुमा सबै भन्दा बढी मोटरसाईकल दुर्घटनाबाट २८ जनाले मृत्युवरण गर्नुपरेको छ भने जिपकारबाट ४ जनाले ज्यान गुमाएका छन् । यस्तै ठुला सवारी साधान १, पैदलयात्री २२ जनाले दुर्घटनाबाट आफनो अकालमै ज्यान गुमाएको कपिलबस्तु जिल्ला ट्राफिक प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले बताउनु भएको छ ।
दुर्घटनमा सबैभन्दा बढी पुरुष ४४ जनाको मृत्यु भएको छ भने , महिला ६, बालक ३ र बालिका २ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्खंले देखाएको छ ।

पछिल्लो एक बर्षको अवाधिमा ३० हजार सवारी तथा ढुवानीका साधनहरु कारवाहीमा परेको पनि ट्राफिक निरिक्षिक तिमिल्सिनाले जानकारी दिएका छन् । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लघंन गर्ने ढुवानी तथा सवारी साधानलाई गरिएको कारवाहीमा यो बर्ष दुर्घटनामा निकै कमि भएको कपिलबस्तु ट्राफिक कार्यालयले बताएको छ । यद्यपी यो तथ्याङ्कलाई हेर्दा दुर्घटना हुने दर भने कमि आएको देखिएको छैन ।

जिल्लामा सडकको काम बिस्तार भएसँगै सावरी साधान र ढुवानीका साधन धेरै चल्न थालेका छन् । चालकहरुको लापरवाहीले गर्दा मानिसहरुको ज्यान जाने सम्भावना हुन सक्ने हुँदा ट्राफिक नियम कडाई गरेर दुर्घटनमा कमी आएको प्रहरीको दाबी छ । त्यस्तै मापासे गरेका सवारी साधन चलाउनेको संख्या पनि पछिल्लो समय निकै कम भएको पनि जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार