गृहपृष्ठ Featured १ अर्ब ६० करोडको बजेट पारित बाणगंगाको १३ औँ नगर सभा सम्पन्न

१ अर्ब ६० करोडको बजेट पारित बाणगंगाको १३ औँ नगर सभा सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा बजेट पारित गर्दै सम्पन्न भएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अर्ब ६० करोडको बजेट पारित गर्दै शनिबार सम्पन्न भएको हो ।

नगर सभामा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको समग्र विकासको लागि आगामी वर्षमा थप सक्रियताको साथ गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यो एक वर्षमा बजेटले भ्याए सम्म नगर विकासका कार्यमा महत्वपुर्ण योजनालाई अघि सार्दै काम गरेको स्मरण गर्दै आगामी दिनमा त्यसलाई थप जनमुखी बनाउँदै लैजाने बताए ।

आगामि आर्थिक वर्षको लागि ल्याएको बजेट, योजना र कार्यक्रम जनताले प्रत्यक्ष लाभ लिने खालका रहेको दाबी गर्दै ति योजनाको कार्यान्वयनमा आफु सङ्गै नगर खटेर लाग्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उप मेयर रिता कुमारी चौधरीले नगरमा सुशासन कायम गर्न सिगोँ नगर प्रतिबद्ध रहेको बताईन् । आगामी वर्षको लागि स्वास्थ्य, शिक्षा कृषि, पूर्वाधार, पिछाडिएका वर्ग, महिला, दलित आदिलाई समेट्ने गरी बजेट र कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफलतापुर्वक कार्यान्वयन गर्नको लागि जनतासंगै जनप्रतिनिधि, राजनैतिक दल लगायत सबै क्षेत्र निस्वार्थ लाग्नुपर्ने बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नगरबाट प्रवाह हुने सेवा सुविधालाई जनमुखी बनाउँदै लैजाने बताए । भौतिक विकास गरेर मात्र जनताको जीवन माथि नउठ्ने भएकाले बाणगंगा नगरपालिका भौतिक, सामाजिक, सांस्कृतिक लगायत सर्वाङ्गिण विकास गर्न तर्फ लागिपरेको बताए ।

सम्बन्धित् समाचार