गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा : निजामती सेवासहित दुई विधेयक पेश

लुम्बिनी प्रदेशसभा : निजामती सेवासहित दुई विधेयक पेश

प्रकाशित मिति:

दाङ ।

लुम्बिनी प्रदेशसभाको शनिबारको बैठकमा दुई विधेयक पेश भएका छन् ।

सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा पेश गरेको हो ।

बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेश गरेका हुन् ।

त्यस्तै स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेश गरेका हुन् ।

यसअघि लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको छ ।

प्रदेशसभामा पेश भएको स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा सांसदहरु लोकीकुमारी बिक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले छलफलमा आफ्नो धारणा राखेका थिए ।

सभामुख घर्तीले दोस्रो अधिवेशनको २० औं बैठक साउन ८ गते बस्ने गरी बैठक बोलाएका छन् ।

सम्बन्धित् समाचार