गृहपृष्ठ Featured देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक आह्वान गरेका छन्। नेपाली कांग्रेसको साउन २ गतेको केन्द्रीय कमिटीको बैठकका लागि उनले एजेन्डा तय गर्न बैठक आह्वान गरेका हुन् ।

पार्टीका कार्यवाहक सचिव डा. प्रदीप पराजुलीका अनुसार २ गतेको बैठकका लागि एजेन्डाका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

उक्त बैठकपश्चात् पार्टीका महामन्त्रीहरूसँग सभापति देउवाले २ गते बिहान छलफल गर्ने तयारी गरेका छन्।

सम्बन्धित् समाचार