विराटनगर ।
प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको छ । पाँच जनाको समूहले तीन जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ ।








