गृहपृष्ठ Featured कुकुर पाल्न दर्ता अनिवार्य !

कुकुर पाल्न दर्ता अनिवार्य !

प्रकाशित मिति:

बागलुङ नगरपालिकामा अब कुकुर पाल्दा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।

नगरले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति ल्याएको हो। नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि, २०७९ नै बनाएर यसको कार्यान्वयनमा ल्याउन लागेको हो।

कार्यविधिअनुसार दर्ता भएका घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्यांक संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित् समाचार