– अस्वस्थकर खानपानले मानिसलाई विभिन्न रोगबाट संक्रमित गराउँछ । खाना स्वस्थ हुनका लागि घरको किचेनको सफाइ महत्वपूर्ण छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ ।
– बेकिङ सोडामा कागती वा भेनेगर मिसाएर तपाईंले भान्सा सफा गर्न सक्नुहुन्छ । यो मिश्रणलाई एक स्प्रे बोतलमा हालेर यसलाई डाइनिङ टेबलमा छर्कने र त्यसपछि नरम कपडाले सफा गर्न सकिन्छ ।
– भान्सालाई आकर्षक र सफा बनाउनका लागि अहिले नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । ग्यासको विकल्पका रूपमा तपाईंले कुकिङ रेन्ज प्रयोग गर्न सक्नुहुन्छ । यसले किचेनलाई आकर्षक देखाउँछ । खाना बनाउँदा धुवाँ वा खारका कारण फोहोर निस्कन्छ । घरमा चिम्नी राख्नुभयो भने यो समस्या कम हुन्छ ।