कपिलवस्तुको बाणगंगाकी आयुश्मा रेश्मी ‘मगर’ त्रिभुवन विश्वविद्यालय प्रथम हुन सफल भएकी छिन् ।
उनले बाणगंगा नगरपालिका- २ स्थित जनता माध्यमिक विद्यालयबाट वि स. २०७२ सालमा एसएलसी दिएकी थिईन् । रेश्मी भर्खरै सार्जजनिक भएको बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षमा विशवविद्यालय प्रथम हुन सफल भएकी हुन् ।
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत उनको स्थायी घर बाणगंगा- २ पिपरा हो ।
उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो ।