गृहपृष्ठ Featured सुनको मूल्य ५०० रुपैयाँले घट्यो

सुनको मूल्य ५०० रुपैयाँले घट्यो

प्रकाशित मिति:

काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाल  १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रवार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रवार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित् समाचार