गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा दुई समूहबीच झडप हुँदा ७ जना घाईते

कपिलवस्तुको बुद्धभूमिमा दुई समूहबीच झडप हुँदा ७ जना घाईते

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमिमा दुई समूहबीच झडप हुँदा सात जना घाईते भएका छन् । बुद्धभूमि नगरपालिका- ५ मुकुरघाटमा आईतबार राति करिब ११ बजे सिंचाई गर्ने पानीको विषयमा दुई समूहबीच विभेद हुँदा झडप भएको हो ।

उक्त झडपमा एक समूहबाट ४ जना र अर्को समूहबाट ३ जना गरि जम्मा ७ जना घाईते भएका हुन् ।

उपचारपछि उनीहरुको अवस्था अहिले सामान्य रहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

सम्बन्धित् समाचार