गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा सडेको अवस्थामा एक पुरुषको शव फेला

कपिलवस्तुको विजयनगरमा सडेको अवस्थामा एक पुरुषको शव फेला

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगरमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सोमबार गाउँपालिकाको वडा नम्बर ६ उज्ज्वलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीको नजिकै मृतक स्थानीय राम सहनी यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित् समाचार