वैखरी अनलाईन, बाणगंगा ।
मन्नत हस्पिटल प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रा.लि.ले शनिबार कपिलवस्तुको कृष्णनगर नगरपालिका- ८ बहादुरगंजमा उक्त शिविर सम्पन्न गरेको हो ।
शिविरबाट ३ सय ८७ जना सेवाग्राही लाभान्वित भएका हस्पिटलका म्यानेजर महेश गुप्ताले जानकारी दिए । कृष्णनगर नगरपालिकालाई लक्षित गरि शिविर आयोजना गरिएको बताउँदै उनले भने, ‘शिविरबाट आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले लाभ लिनुभयोे ।’
आर्थिक अवस्था कमजोर भई सुविधा सम्पन्न अस्पतालमा गई उपचार गराउन नसक्नेहरुका लागी शिविर महत्वपूर्ण सावित भएको उनले दाबी गरे ।
सुगर, ब्लड प्रेसर, गर्भवती, आँखा, हात खुट्टा, ढाँड, घाटी, एक्सरे, अल्ट्रासाउण्ड लगायतको परिक्षण गरि निशुल्क रुपमा औषधी वितरण गरिएको हस्पिटलका सिईओ डा.सन्जय गुप्ताले बताए ।
उनले सर्वसाधरणको स्वास्थ्यलाई ध्यानमा राखि विगतमा पनि शिविर गरेको र आगामी दिनमा पनि यस्ता शिविरहरु आयोजना गर्दै जाने बताए । उनले स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष भएकाले त्यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।