गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमीद्धारा बिद्यालयहरुलाई संगीत, खेलकुद र आइसिटि सामाग्री बितरण

कपिलवस्तुको बुद्धभुमीद्धारा बिद्यालयहरुलाई संगीत, खेलकुद र आइसिटि सामाग्री बितरण

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले एक कार्यक्रमकाबिच बिद्यालयहरुलाई संगीत, खेलकुद र आइसिटि सामाग्री बितरण गरेको छ ।

नगरपालिकाको भवनमा भएको कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरका बिद्यालयहरुलाई संगीत, खेलकुद र आइसिटि सामाग्री हस्तान्त्रण गर्नु भएको हो ।

नगर भित्र रहेका १३ माध्यमिक विद्यालयलाई संगित सामग्री, १० आधारभूत विद्यालयलाई खेल सामग्री र १ माध्यमिक विद्यालयलाई आइसिटि सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

हस्तान्त्रण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगर भित्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागी गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा सरिक गराई अब्बल बनाउँन नगर लागी रहेको बताउनु भयो ।

 

शिक्षासगै बालबालिकासगं भएको सिप समयमै पहिचान गरी त्यसलाई निखारेको खण्डमा त्यसले दिर्घकालिन रुपमा ठुलो फाइदा हुने प्रमुख श्रेष्ठको भनाई छ । श्रेष्ठले बिद्यालयहरुलाई सबै क्षेत्रमा नगरको तर्फबाट सहयोग रहने र विद्यालयहरुलाई अब्बल बनाउदै लगिने र यसको लागि सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।

हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक तथा प्रतिनिधि , जनप्रतिनिधि र कर्मचारीको उपस्तिथि रहेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ , नगर उप प्रमुख मिरा थारु , निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणलाल श्रीवास्तव लगायतको समेत सहभागिता थियो भने कार्यक्रम को संचालन शिक्षा शाखा अधिकृत कृष्ण प्रसाद भट्टराईले गरेका थिए ।

सम्बन्धित् समाचार