गृहपृष्ठ Featured पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध

पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध

प्रकाशित मिति:

पाल्पा ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ मै पहिरो खसेको हो । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले तल्लो सिद्धबाबा क्षेत्रमा बन्दै गरेको टर्नेल पुरिएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

तल्लो सिद्धबाबा क्षेत्रमा निर्माण थालिएको टनेलमा पहिलो ठूलो क्षति पुगेको छ । आकार लिएको सुरूङमाथि पहिरो झरेको हो ।

सुरूङमार्गमा दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माण थालिएको थियो । पहिरोले सुरूङको टनेल पूरै पुरिदिएको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि हिउँद र वर्षा जहिलेसुकै समस्या हुने गर्छ ।

सम्बन्धित् समाचार