गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाले दियो ५ कृषकलाई बुङची बजारमा “नि:शुल्क कृषि स्टल”

बाणगंगा नगरपालिकाले दियो ५ कृषकलाई बुङची बजारमा “नि:शुल्क कृषि स्टल”

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ५ जना कृषकलाई बजारमा नि:शुल्क स्टल बितरण गरेको छ । बाणगंगा नगरपालिका भित्रका ५ जना कृषकलाई छनोट गरी बुङची बजारमा नि:शुल्क स्टल प्रदान गरीएको हो ।

मंगलबार एक कार्यक्रमका बिच बाणगंगा नगरपालिका प्रमुख चक्र अर्यालले उद्यघाटन गरी ती निशुल्क स्टल कृषकलाई प्रदान गरीएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले पछिल्लो समय नगरमा किसानहरुले कृषि उत्पानमा जोड दिएको बताएका छन ।

नगरपालिकाले ब्यवसायिक रुपमा कृषि गर्ने कृषकलाई प्रथमिकता दिएर योजना बनाएको समेत बताए । अर्यालले यहाँको स्टललाई जिल्ला कै नमुना स्टल बनाउन अनुरोध गर्दै नगरका अन्य बजारमा पनि यसरीनै निशुल्क कृषक स्टल बनाई कृषकलाई प्रदान गरीने बताए ।
बजारिकरणमा सहयोग पुग्ने,नगरको उत्पादन नगरमै खपत हुने बताउनु भयो । उहाँले नगरले कृषिलाईविशेष जोड दिदै आएको स्पष्ट पार्नु भयो ।

नगरपालिकाले नगरभित्र कृषि उत्पादनलाई बढाउने र नगरभित्रनै खफत गर्ने गरी काम गरी रहेको उनको भनाई छ ।

त्यस्तै उपप्रमुख रिता कुमारी थारुले किसानको मनोबल बढाउन यस्ता योजनाले धेरै टेवा पुग्ने बताइन । किसानहरुले विषादीरहीत तरकारी बेच्नु पर्ने उनको भनाई थियो । कृषि प्रदान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको बताउदै उनले कृषि समुहलाई अगाडि बढाउन नगरले धेरै सहयोग गर्दै आएको समेत बताइन ।

यसैबिच कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले नगरले कृषि क्षेत्रमा धेरै राम्रा काम गरेको बताउदैँ स्थानीय कृषि उत्पादनलाई जोड दिनु पर्ने बताए ।

कृषकलाई कृषि उत्पादन वृद्धि गर्न थप प्रोत्साहनका कार्यक्रमलाई ल्याउनुपर्ने बताउँदै उनले भने, ‘ति उत्पादित सामग्री स्थानीय स्तरमै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ ।’

कृषिमा आत्मनिर्भर हुन स्थानिय उत्पादनलाई बढाउनु पर्ने उनको भनाई छ । साथै अध्यक्ष घिमिरेले सबै हाट बजारका ब्यवसायीहरु नगरमा दर्ता गरी करको दायरामा समेत आउन आग्रह गरेका छन ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमारी तिवारि, कृषी शाखा प्रमुख लेश बहादुर केसि, कपिलवस्तुको हाट बजार ब्यवसायी समितिका अध्यक्ष पविता सोमै, निबर्तमान अध्यक्ष ज्ञान बहादुर कार्की, लगायतले आआफनो धारणा राखेका थिए ।

कपिलवस्तु हाट बजार ब्यवसायी समितिको आयोजनामा भएको कार्यक्रम समितिका सचिव यादव घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिका वडा नः १ का वडाध्यक्ष सञ्जु कुमार शारु, वडा नः ४ का वडाध्यक्ष छवि रेश्मी मगर, वडा नः ८ का वडा सदस्य बिश्वास जिसि, पत्रकार अशोक पौडेल, भगवति न्यौपाने लगायत ५० बढिको सहभागिता रहेको थियो ।

नगरको १ लाख ९० हजार र कपिलवस्तु हाट बजार समितिको २० हजार लगानीमा ति निशुल्क कृषक स्टल बनेका हुन ।

सो अवसरमा निशुल्क स्टल पाउने कृषक बुद्धिराम न्यौपानेले यसरी नगरले गरेको काममा आफु खुसि भएको बताएका छन । पसलमा बेच्दा रकम अरुले तोक्ने हुन्छ, तर यसरी साप्ताहिक हाटबजारले किसानको उत्पादमा धेरै फाइदा पुग्ने उनको भनाई छ ।

 

सम्बन्धित् समाचार