गृहपृष्ठ Featured बाणगंगामा डुवानमा परी करिब १६३ घरमा क्षति : नगरपालिकाले राहात उपलब्ध गराउने

बाणगंगामा डुवानमा परी करिब १६३ घरमा क्षति : नगरपालिकाले राहात उपलब्ध गराउने

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाले डुवान पिडित परिवारलाई तत्काल राहात उपलब्ध गराउने भएको छ । विपत व्यवस्थापन समितिको मंगलबार बसेको आकस्मिक बैठकले तत्काल राहात उपलब्ध गराउने निर्णय गरेको हो । नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पुर्ण वडा, टोल विकास समिति र सम्बन्धि सरोकारवालाहरुलाई राहात व्यवस्थापन तथा वितरणमा जुटन आह्वान गरेका छन ।

‘मिति २०८०।०४।०९ गतेको विपद् व्यवस्थापन समितिको आकस्मिक वैठकको निर्णय अनुसार डुवान पीडित परिवारहरुलाई बाणगङ्गा नगरपालिकाबाट तत्काल राहत वितरणको व्यवस्थापन हुने जानकारी गराउँदछौं । साथै राहत व्यवस्थापन तथा वितरणमा थप सहयोग पुराउनुहुन सबै वडाहरु, टोल विकास संस्था, विभिन्न संघसंस्था एवं व्यक्तित्वहरुलाई आव्हान गर्दछौं ।’ उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख अर्यालले वर्षायाम नसकिसकेको र डुवान तथा बाढीका कारण पुनः विपद्का घटना दोहोरिन सक्ने भन्दै सावधान रहन आग्रह गरेका छन् ।

मंगलबार विहानसम्म परेको अविरल वर्षाका कारण यस बाणगङ्गा नगरपालिका- ७ र ८ का प्रगति टोल, चौरी गाउँ, वैरी गाउँ, शान्ति टोल, पुल्चोक उत्तर र सिसनिया गरी करिव १६३ घरहरु डुवानमा परी ठूलो क्षति भएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति :

सम्बन्धित् समाचार