वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा ४८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले मंगलबार बेलुकी करिब साढे ६ बजे कपिलवस्तु नगरपालिका- १ नयाँटोलबाट १४ लाख ९८ हजार भारतीय रुयियाँ र २३ लाख नेपाली रुपैया गरी कुल ४८ लाख रुपैयासहित स्थानीय सुनिल गुप्तालाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार उक्त रकम स्थानीय एक सुन ब्यापारीको रहेको र सुन तस्करीका लागि प्रयोग गर्ने तयारी हुँदै गर्दा सुनिललाई बिशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु प्रहरीले रकमको श्रोत नखुलेको बताएको छ । प्रहरी उपरीक्षक प्रेम बस्नेतले रकमसहित आरोपीलाई थप अनुसन्धानपश्चात् राजस्व अनुसन्धान कार्यलयको जिम्मा लगाउने तयारी रहेको बताए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।