गृहपृष्ठ Featured मेसीको दुई गोलमा मायामीको जित

मेसीको दुई गोलमा मायामीको जित

अमेरिकी क्लब इन्टर मायामीमा अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। पहिलो खेलमा फिक्रिकमार्फत् उत्कृष्ट गोल गर्दै मायामीलाई जिताएका मेसीले एटलान्टा युनाइटेडविरुद्ध बुधबार भएको लिग्स कपको खेलमा दुई गोल गरे।

खेलमा मायामी ४-० गोलले विजयी हुँदै नकआउट चरणमा पुग्यो।

समूह ‘जे’ को खेलमा मेसीले खेलको आठौं र २२औं मिनेटमा गोल गर्दै मायामीलाई सुरुवाती अग्रता दिलाए।

मेसीले पहिलो गोल रिबाउन्डमा गरे। त्यसअघि उनले सर्जियो बुस्केटको पासमा हानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। दोस्रो गोल गर्न मेसीले टेलरको क्रसलाई सदुपयोग गरे।

मायामीका लागि थप दुई गोल रोबर्ट टेलरले खेलको ४४ र ५३ मिनेटमा गरेका थिए। टेलरलाई दोस्रो गोल गर्न मेसीले पास दिएका थिए।

खेलको ८४ मिनेटमा क्रिस्टोफर म्याकभेले रातो कार्ड पाउदा मायामी १० खेलाडीमा सीमित बन्न परेको थियो। क्रिस्टोफरले डिबक्समा फल गरेपछि दिइएको पेनाल्टीमा एटलान्टा सफल भएन। थियागोको प्रहार मायामीको गोलकिपरले विफल पारे।

समूहमा २ खेलबाट ६ अंक जोडेको मायामी अन्तिम ३२ मा पुगेको छ। अमेरिकाको मेजर सकर लिगअघि लिग्स कप भएको हो।

सम्बन्धित् समाचार