वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले स्थानीय स्तरमा उत्पादित सामग्री स्थानीय स्तरमै खपत हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
मंगलबार बाणगंगा नगरपालिकाले बुङची बजारमा नि:शुल्क स्टल प्रदान गर्ने कार्यक्रमलाई सम्बोधा गर्दै अध्यक्ष घिमिरेले भने, ‘कृषकलाई कृषि उत्पादन वृद्धि गर्न थप प्रोत्साहनका कार्यक्रमलाई ल्याउन आवश्यक छ, ति उत्पादित सामग्री स्थानीय स्तरमै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ ।’
उनले नगरले कृषि क्षेत्रमा धेरै राम्रा काम गरेको बताउदैँ स्थानीय कृषि उत्पादनलाई जोड दिनु पर्ने बताए ।
कृषिमा आत्मनिर्भर हुन स्थानिय उत्पादनलाई बढाउनु पर्ने उनको भनाई छ । साथै अध्यक्ष घिमिरेले सबै हाट बजारका ब्यवसायीहरु नगरमा दर्ता गरी करको दायरामा समेत आउन आग्रह समेत गरे ।