वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले भोलि विहिबार शोक विदा दिएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य राजेन्द्र प्रसाद कुर्मीको बुधबार निधन भएपछि गाउँपालिकाले विदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले आज एक सुचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।
‘मायादेवी गाउँपालिका पकडी कपिलवस्तुको वडा ८ विजुवाबाट निर्वाचित वडा सदस्य श्री राजेन्द्र प्रसाद कुर्मीको आज मिति २०८०।०४।१० गते बुधवार बिहान करिब १० बजे ५८ वर्षको उमेरमा भएको दुःखद निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ, साथै यस मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु भोलि मिति २०८०/०४/११ गते विहिवार १ दिनको लागि बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ उक्त सुचनामा भनिएको छ ।
यस्तो छ सुचना :









