काठमाडौँ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार यससँगै आज चाँदीको कारोबार प्रतितोला १४ सय ९० रुपैयाँमा भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ थियो ।








