काठमाण्डाै ।
पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएकाे छ ।
गए राति बारबाडोसकाे केंसिंग्टन ओभलमा भएकाे खेलमा वेस्ट इन्डिजले दिएकाे १ सय १५ रनकाे सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्याे । भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश माेतीले २ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयाे । वेस्ट इन्डिजका लागि शाई हाेपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए ।
याे जितसँगै भारतले ३ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे २ खेलकाे टेस्ट शृङ्खला भारतले १–० ले जितेकाे छ । यी दुई टाेलीबीच ५ खेलकाे टी–२० शृङ्खला पनि हुनेछ ।