गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेश : स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित

दाङ ।

लुम्बिनी प्रदेश सभाले स्वास्थ्य संस्था स्थापनासम्वन्धी विधेयक पारित गरेको छ।

शुक्रबार बसेको प्रदेश सभाको २३औं बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

प्रदेश सभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६, लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।

सम्बन्धित् समाचार