गृहपृष्ठ Featured अवरुद्ध मुग्लिन-नारायणगढ सडक पुन: सञ्चालनमा

अवरुद्ध मुग्लिन-नारायणगढ सडक पुन: सञ्चालनमा

चितवन ।

पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाएर बिहान ९:५५ बजेदेखि सडक पुन: दुईतर्फी नै सञ्चालन गरिएको छ ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको थियो ।

सम्बन्धित् समाचार