गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा ‘लम्पी स्किन’बाट करिब ५० पशु मरे

बाणगंगामा ‘लम्पी स्किन’बाट करिब ५० पशु मरे

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ‘लम्पी स्किन’ रोगबाट करिब ३ हजार पशुचौपाया सङ्क्रमित भएका छन् । यद्यपी नगरपालिकाले यकिन डाटा नरहेको जनाएको छ । लम्पी स्किनको सङ्क्रमणका कारण हालसम्म करिब ५० वटा पशु मरेका नगरपालिकाका पशुसेवा शाखा प्रमुख राज कुमार तिवारीले वैखरीलाई जानकारी दिएका छन् ।

पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमण विरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको उनले बताए । रोग नियन्त्रणका लागि वडा नम्बर १ देखि ९ सम्मका ९ सय ९० पशुलाई भ्याक्सिन लगाई सकिएको उनले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ मा सबैभन्दा बढी लम्पी स्किन रोगका पशुचौपाया भेटिएका छन् ।

पहिलो चरणमा एक हजार भ्याक्सिन आएको र पुनः ५ सय भ्याक्सिन माग गरिएको उनले बताए । उनले उक्त माग गरिएको भ्याक्सिन आए पश्चात भ्याक्सिन लगाउन बाँकी वडाहरु १० र ११ मा लगाउने तयारी रहेको बताए । अहिले पशुचौपाया मर्ने क्रम रोकिएको बताउँदै उनले बाणगंगा नगरपालिकामा ‘लम्पी स्किन’ रोग नियन्त्रणको अवस्थामा रहेको दाबी गरे ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुने लगायत लक्षण देखिने बताउँदै उनले नगरवासीलाई नआत्तिन आग्रह गरे ।

सम्बन्धित् समाचार