काठमाडौं ।
स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।