गृहपृष्ठ Featured बुटवलमा १० वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

बुटवलमा १० वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

बुटवल ।

बुटवलमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा ती बालकले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेका थिए । प्रहरीले आरोपित बालकलाई साउन १४ गते उनको घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए।

बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार