गृहपृष्ठ Featured सिपयुक्त जनशक्तिको अभाव छ : निवर्तमान स्वास्थ्यमन्त्री पन्थी

सिपयुक्त जनशक्तिको अभाव छ : निवर्तमान स्वास्थ्यमन्त्री पन्थी

वैखरी अनलाईन, बाणगंगा ।

लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री एवम् प्रदेश सभा सदस्य विष्णु पन्थीले वर्तमान समयमा सिपयुक्त जनशक्तिको अभाव भईरहेको बताएका छन् । सर्टिफिकेट दिने क्याम्पसहरु उल्लेख्य मात्रमा भएता पनि व्यवहारिक ज्ञान, सिप दिने क्याम्पसहरु नहुँदा सिपयुक्त जनशक्तिको अभाव भईरहेको उनको भनाई छ ।

नेपाल उद्योग बाणिज्य महासंघ र कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बाणगंगा नगरपालिका १ बैरियामा भएको २ दिने कर सम्बन्धि तालिमको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दक्ष सिपयुक्त जनशक्ति उत्पादनमा ध्यान जान नसकेको बताए ।

‘अहिले सिप सिकेका मान्छेको अभाव छ । सर्टिफिकेट दिने कलेजहरु थुप्रै भए तर ठयाक्कै काम गर्न सक्ने जनशक्ति भएन्, त्यसतर्फ हाम्रो ध्यान छैन्,’ उनले भने ।

उनले आगामी दिनमा उद्योग व्यवसायका कारोबारहरुलाई व्यवस्थित र चुस्त राख्न यस्ता तालिमले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुलुकको प्रचलित कानुनबारे सबै जानकार हुदैं राजस्व तिरेमा कसैसंग पनि नडराउनुपर्ने उनले बताए ।

सम्बन्धित् समाचार