तिलोत्तमा ।
बुटवल उपमहानगरपालिकमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन हुने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बुधबारदेखि नै १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णयसहित सुरु गरिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।
विद्यालय, संघसंस्था, अस्पतालहरूलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेँगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए । डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएका छन्,’ उनले भने, ‘स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेंगीबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।’








