पछिल्लो समय देशव्यापी बनेको आखाँ दुख्ने, पाक्ने रोग कपिलवस्तु जिल्लामा पनि फैलिएको छ । रोग सम्बन्धि कसरी बच्ने भन्ने बारे आज देखि लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा आखाँ रोग सम्बन्धि सचेतना मुलक कार्यक्रम आज देखि सुरुवात गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताएका छन् ।
पछिल्लो समय फैलिएको रोगबाट विद्यार्थीहरुलाई यस बारे कसरी बच्ने, समस्या देखा परे के के गर्ने भन्ने बारे सचेतना फैलाएको कार्यक्रम संयोजक सन्दिप भट्टराईले बताएका छन् ।
लायन्स क्लव अफ कपिलवस्तुको आयोजना, लियोे क्लव अफ कपिलबस्तुको सह – आयोजना तथा भैरव चश्मा पसल चार नम्बरको समन्वयमा कार्यक्रम सञ्चालनमा रहेको क्लवले जनाएको छ ।
३ दिन सम्म आयोजना रहने कार्यक्रममा ६००० भन्दा बढी विद्यार्थीलाई सचेतना सम्बन्धि प्रशिक्षण गराउने क्लवले उदेश्य राखेको छ । आयोजित कार्यक्रम कार्यक्रम संयोजक तथा आखाँ विशेषज्ञ सन्दिप भट्टराइले प्रशिक्षण गर्नुभएको थियो ।








