गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु नगर स्तरीय नगर भेला सम्पन्न

कांग्रेस कपिलवस्तु नगर स्तरीय नगर भेला सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ।
नेपाली कांग्रेसको कपिलवस्तु नगरपालिका स्तरीय नगर भेला तौलिहवा स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । पार्टीको नगर कार्य समितिद्धारा आयोजित कार्यक्रममा नगरपालिकाका १२ वटा बार्डबाट आएका प्रतिनिधिहरुले पार्टीलाई मजबुत र एक बनाउनु पर्नेमा जोड दिए । उनीहरुले पार्टी कार्यकर्ताहरुको मूलयांकन गनुृ पर्ने, कार्यकर्ताहरुको मनोबल बढाउनु पर्ने, जनताको काम सजह बनाउन पार्टीले जिल्लामा भुमिका खेल्नु पर्ने लगातयका कुराहरु उठाएका थिए ।

सो अवसरमा कांग्रेस नेता एवं प्रदेश सदस्य सुधाकर पाण्डेयले पार्टीका नेता र कार्यकर्ताहरु एक भएर जानु पर्ने बताए । उनले पार्र्टीलाइृ एक ढिक्का बनाउन नेता र कार्यकर्ताहरुले बिगतको कमी कमजोरीहरुलाई बिर्सेर अघि बढनु पर्ने बताए । उनले भारतबाट माल सामान ल्याउदा सय रुपैया बढीको समेत भन्सार लिने प्रावधान अब्यवहारिक रहेकोले यस बारे आफुले आवाज सठाउने बताए । कृषकहरुलाई मल र सिचार्इृका ब्यवस्थाकालागि आफु तल्लीन रहेको बताए ।

सो अवसरमा पाटीृका पुर्व जिल्ला सभापति राजशे आचार्यले पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । उनले ३ सय ६४ दिन काम कांग्रेसबाट गराउने भोट दिने बेलामा अर्कैलाई दिनेहरुलाई बेलैमा चिन्नु पर्ने बताए । उनले कांग्रेसलाई बजबुत बनाउनकालागि पार्टीलाई अझै क्रियाशील बनाउनु पर्ने बताए । सो अवसमरा पार्टीका जिल्ला उप सभापति हुमाकान्त खनालले पार्टीको नेता कार्यकर्ताहरुले जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताए । उनले पार्टीृलाई चलायमान बनाउन नेता र कार्यकर्ताहरु सकृय हुनु पर्ने बताए ।

नगर अध्यक्ष खुुर्सेद अहमद खाँको अध्यक्षता र नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा पार्टीका नेता माहोम्द वजी अर्सद, राजशे ज्ञवाली, राजु प्रसाद अर्याल लागतयका नेताहरुले कांग्रेसलाई एकबद्ध र मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित् समाचार