सन् २०११ को विश्व विजेता जापानले खेलको १५ औँ मिनेटमा नै अग्रता लिएको थियो । नर्वेकी डिफेन्डर इनग्रिड एनजेनको आत्मघाती गोल जापानले उपहार पाएको थियो । तर, त्यसको केही मिनेटपछि नै नर्जेकी गुरो रेइटेनले गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् ।
दोस्रो हाफमा रिसा सिमिजुले गोल गर्दै जापानलाई पुनः अग्रता दिलाइन् । ८१ औँ मिनेटमा हिनाता मियाजावाले अर्को गोल थप्दै जापानको जीत सुनिश्चित गरिन् ।
योसँगै उनले यो विश्वकपमा गोल्डन बुटको दाबेदारी कायम राखेकी छन् । ५ गोल गर्दै गोलकर्ताको सूचीमा मियाजावा शीर्ष स्थानमा छिन् ।