गृहपृष्ठ Featured विवादमा रास्वपाको ब्लु बस !

विवादमा रास्वपाको ब्लु बस !

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाका लागि सञ्चालन गरेको ब्लु बसको रङ अनुमति नलिई मनमौजी परिवर्तन गरेको पाइएको छ । नियमानुसार कुनै सवारी साधनको साविकबमोजिमको रङ परिवर्तन गर्नु परेमा यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर गत साताबाट सञ्चालन ल्याएको ना५ख ३१३८ नम्बरको बसको रङ रास्वपाले यातायात कार्यालयको अनुमतिबेगर परिर्वतन गरेको छ ।

यातायात कार्यालय, भरतपुरले रास्वपाले सञ्चालनमा ल्याएको ब्लु बसको रङ परिवर्तन गर्नेबारे आफ्नो कार्यालयबाट कुनै अनुमति नलिएको जनाएको छ ।

रास्वपाले मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी गत साताबाट भीमबहादुर तामाङको नाममा रहेको बस महिलाका लागि मात्र सञ्चालनमा ल्याएको छ । ३२ सिट रहेको उक्त बसले शक्तिखोरदेखि भरतपुरसम्म दिनहुँ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित् समाचार