गृहपृष्ठ Featured आँखा पाक्ने रोगको संक्रमणले धमाधम बन्द हुदैं बाणगंगाका स्कूल

आँखा पाक्ने रोगको संक्रमणले धमाधम बन्द हुदैं बाणगंगाका स्कूल

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुसहित देशभर आँखा पाक्ने रोगका कारण समस्या बढ्दै गएसँगै बाणगंगा नगरपालिकाका विद्यालयहरु धमाधम बन्द गर्न थालिएको छ । विद्यार्थीहरुमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि समुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

यद्यपी नगरपालिकाले शैक्षिक संस्थाहरु बन्द गर्ने आधिकारिक निर्णय नगरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरुको आँखा पाक्ने क्रम बढेपछि विद्यालयमा विधार्थीहरुको संख्या अत्यन्तै कम हुदै गएपछि नगरका सामुदायिक र संस्थागत विद्यालयहरुमा विदा दिएको छ । शिक्षकहरुको समेत आँखा पाकेर पढाउन नसक्ने अवस्था सिर्जना भएको उनले बताए । बर्षे विदा अन्तर्गत विद्यालय स्वयम्ले विदा दिन पाउने ५ दिनबाट कट्टि हुने गरि विद्यालयहरुले विदा दिएका उनले बताए । संक्रमणको अवस्था हेरेर अघि बढ्ने उनले बताए । हालसम्म नगरका समुदायिक र संस्थागत गरि आधा दर्जन बढी विद्यालयमा विदा दिएको छ ।

पछिल्लो केही दिनयता कपिलवस्तु जिल्लाका विभिन्न अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार आँखा पाक्ने समस्या लिएर हरेक वडामा रहेका स्वास्थ्य चौकीमा दैनिक पुग्ने विरामीको संख्या बढेको छ । जसमा बालबालिकाको संख्या बढी छ । उनका अनुसार हरेक वडाका स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जना आँखा पाक्ने समस्या भएका बिरामीहरु पुग्ने गरेको पाईएको छ ।

उनले भाइरल कनजङटिवाइटिसका कारण आँखा पाक्ने समस्या देखिने गरेको बताए । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु देखिएका छन् । आँखा पाक्ने समयस्या भएका व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिन सक्ने भन्दै उनले यसबाट बच्न आमजनमा अपिल समेत गरेका छन् ।

‘बढी रातो भएको छ, धेरै बिझाएको छ, धेरै सुन्निएको छ भने चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नुपर्छ । कसै कसैलाई भाइरस इन्फेक्सनसँगै ब्याक्टेरियल इन्फेक्सन पनि हुनसक्छ । कन्जनटिभाइटिसले आँखाको नानीमा पनि संक्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि केही सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरुलाई नसर्ने भन्ने चाहिँ होइन। आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’

उनले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ गर्न नहुने सुझाएका छन् । आँखा पाकिहाले नजिकको आँखा अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग नगर्न उनको सुझाव छ । आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उनले सुझाएका छन्। अरुले प्रयोग गरेको रुमाल, तौलिया प्रयोग नगर्न र आफूखुशी औषधिको प्रयोग नगर्न उनले सुझाए ।

यो एउटा भाइरल इन्फेक्सन नै मानिन्छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र यो आँखा पाक्ने रोगमा चाहिँ आँखा रातो हुने, पाक्ने गर्छ ।

आँखा पाक्नेहरुमा रुघाखोकी, ज्वरो पनि आइरहेको छ । कतिपय व्यक्तिको भने आँखा मात्रै पाक्ने देखिएको छ। अहिलेको आँखा पाक्ने समस्या बढी विद्यालयमा पढ्ने बालबालिकामा देखिएको छ ।

सम्बन्धित् समाचार