कपिलवस्तु ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल सत्तारले पार्टीको अवस्थाबारे जानकारी लिन र पार्टीलाई एक ढिक्का बनाउन ‘आन्तरिक बिशेष अभियान ’ संचालन गरिएको बताएका छन् ।
कपिलवस्तुका लागी केन्द्रिय प्रतिनिधिका आएका सत्तारले नेताहरुलाई चोक चौराहामा गाली गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । ‘कांग्रेसीहरु आफैले चोक चौराहामा गएर कांग्रेस सकियो भन्ने गर्छन । यसले अझै नराम्रो सन्देश जाने गरेको छ,’ उनले भने, ‘बिपक्षी कुनै पार्टीले भन्न नसक्ने कुरा कांग्रेसीहरु आफैले गर्ने गरेको छैन, यो राम्रो कुरा होईन ।’
कांग्रेसलाई कसैले सिद्धाउन नसक्ने उनको दाबी छ । ‘समस्याहरु हामी भित्रै छ । नेतालाई गाली मात्र गरेर केही हुदैन । समाधान हामीले नै खोज्ने हो,’ उनले भने । उनले बिगतका तिता मिठा कुरा बिर्सेर एक जुट र एकढिक्का हुनुपर्ने बताए । सो अवसरमा पार्टी नेता अतहर कमालले पार्टी, भातृसंगठनलाई समते थप बलियो बनाउदै लागु पर्ने बताए ।
सो अवसरमा कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले गुटउप गुट अन्त्य गरी पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । कांग्रेस नेता मोहन श्रेष्ठ, पार्टीका पुर्व जिल्ला उप सभापति राजेश आचार्य, बिरेन्द्र कनौडिया, सहसराम यादव लगायतले पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा कांग्रेस नेता बिष्णु पोख्रेलले बर्षौ देखिको पार्टी नेता र कार्यकर्ताहरु बिचको अझै कायम रहेको बताए । उनले पार्टीको कन्द्रिय नेताहरु नै नसुध्रीएसम्म कांग्रेसको यस्तो अभियानले मात्र केही हुन नसक्ने बताए । अर्का पार्टी नेता राजु प्रसाद अर्यालले कांग्रेसको यस्तो पाराले कहिले सुधार नआउने बताए । उनले पार्र्टीमा मुल्यांकन गर्ने परिपाटी नभएको धेरै समस्या उत्पन्न भएको बताए । ठुला पार्टी कांग्रेस भए पनि अहिले जनतामा निराशा कायम रहेको बताए । उनले एक ब्यक्ति एक पदको अवधारणा लागु गर्नु पर्ने बताए ।
कांग्रेस जिल्ला कार्य समितिका सह सचिव माहोम्मद वजी असंदले केन्द्र देखि जिल्ला सम्म नै नेताहरुले नै गुट उप गुट बनाउने गरेको आरोप लगाए । नेता जमसरेल अली मियाले कांग्रेसले भयावह बन्दै गएको आर्थिक अवस्थालाई सुधार गर्ने गरी अघि बढनु पर्नेमा जोड दिए । कांग्रेस नेता बर्तमानमा उठीरहेका भ्रष्ट्राचारको मुद्दालाई सहीरुपमा कार्यान्वय गर्नु पर्ने बताए ।
पार्टीको कपिलवसतु नगरपालिकाका नगर सभापति खर्सेद अहमद खाँले पार्टी नेता र कार्यकर्ताहरु बिचको असझदारी हटाएर मनोबल बढाउने काम गर्नु पर्ने बताए ।
कार्यक्रम पार्टीै जिल्ला सभापति अुब्दुल कलामको अध्यक्षता, उपसभापति हुमाकान्त खनालको स्वागत र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।