गृहपृष्ठ Featured समन्वय नहुँदा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्ती

समन्वय नहुँदा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्ती

बुटवल ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेशसभाबीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

प्रदेशसभाबाट निर्माण भएका कानून तथा स्थानीय सरकारले निर्माण गरेका कानूनहरु एक अर्कामा बाझिने गरेको उल्लेख गर्दे त्यसवाट केही कानुन लागु गर्न समस्या भएको उनको भनाई छ ।

प्रदेशसभा र स्थानीय सरकार बीचको समन्वयका लागि लुम्बिनीमा प्रदेशसभाले सञ्चालन गर्न लागेको ‘स्थानीय सरकारसँग प्रदेशसभा’ कार्यक्रमबारे बुटवलमा पत्रकारसँग छलफलका क्रममा घर्तीले उक्त धारणा राखेका हुन् ।

लुम्बिनी प्रदेशसभामा सबैभन्दा बढी कानून निर्माण भए पनि कार्यान्वयनको पाटो भने कमजोर रहेको स्वीका गर्दै उनले स्थानीय सकार र प्रदेशबीच अधिकार बाँडफाँटका विषयमा समन्वय अभावले यस्तो भएको बताए ।

कतिपय पालिकाहरुले प्रदेशसँग बाझिने कानून निर्माण गरेका, कतिपयमा कानूनै निर्माण हुन नसकेका तथा कानून निर्माण भएका स्थानीय सरकारले समेत कार्यान्वयन गर्न नसकेको अवस्था अन्त्यका लागि ‘स्थानीय सरकारसँग प्रदेशसभा’ कार्यक्रम लागू गर्न लागिएको उनको भनाई छ ।

सम्बन्धित् समाचार