कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मायादेवी गाउँपालिका– ३ का सुनिल बरईका २ वर्षीय छोरा सूर्य बरईको मृत्यु भएको हो ।
आफ्नै घरको आँगनमा खेल्ने क्रममा आइतवार बिहान उनलाई नाम नखुलेको विषालु सर्पले डसेको थियो ।
उपचारको लागि सर्पदंश अस्पताल गोरुसिङ्गे लागिएकोमा उपचार हुन नसकी जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो ।
उनका बिहान ११ बजेको समयमा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बस्नेतले जानकारी दिए ।