गृहपृष्ठ Featured लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त

प्रकाशित मिति:

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)लाई नियुक्त गरेको छ। लामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका छन्।​

विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन्। उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ परेका थिए।

उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले उक्त पदमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो।

सम्बन्धित् समाचार